
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । जेनजी आन्दोलनपछिको राजनीतिक एकताबाट एकीकृत समाजवादीसहितका दलहरू समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रामा लाग्नु भएको हो ।
तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीलगायत दलनिकट प्रवासी संगठनहरूको संयुक्त नेपाली समाज भारतको एक सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लाग्नुभएको जानकारी दिइएको छ ।सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड भोलि साँझ नै स्वदेश फर्किने कार्यक्रम छ ।
प्रचण्डको सचिवालयले दिल्लीमा रहँदा उनले सन्देश सभालाई सम्बोधन गर्नेबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको जनाएको छ ।