२०८२ फाल्गुन २२ , शुक्रवार

हवाई भाडा घट्यो, हेरौं कहाँको कति ?

Plane Nac

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने फ्युल सर्चार्ज समायोजन गरेको छ। प्राधिकरणले  हवाई इन्धनको मूल्य घटेसँगै फ्युल सर्चार्ज समायोजन गरेको हो । यससँगै विभिन्न गन्तव्यको भाडा घटेको छ ।

नेपाल आयल नियमले हवाई इन्धन मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । सोही अनुसार आजदेखि हवाई भाडामा इन्धनको मूल्य घटेको हो ।

 

समायोजन भएको मूल्य अनुसार काठमाडौंबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा कम लाग्ने छ । धनगढीमा यसअघि ५ हजार ९ सय २० रुपैयाँ रहेको फ्युल सर्चार्ज अब ५ हजार ६ सय ५५ रुपैयाँमा झरेको छ ।

माउन्टेन फ्लाइटतर्फ २ सय १० रुपैयाँ घटेको छ । काठमाडौं–भद्रपुर २ सय ४५ रुपैयाँ भाडा घटेको छ । क्षेत्रीय उडानमा भने अझ धेरै घटेको छ ।

 

जनकपुर–नेपालगञ्ज रुटको २७० र जनकपुर–धनगढी रुटको ३ सय ३० रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । काठमाडौं–सिमरा ५५ रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । हवाई भाडामा फ्युल सरचार्ज एक शीर्षक हो । यसमा विभिन्न प्रकारका करसहित वायुसेवा कम्पनीले लिने भाडासमेत जोडेपछि मात्र पूर्ण भाडादर कायम हुन्छ ।

कुन सेक्टरमा कति घट्यो फ्युल सर्चार्ज (रुपैयाँमा)

काठमाडौं–माउन्टेन फ्लाइट : २१०

काठमाडौं–भद्रपुर : १८०

काठमाडौं–विराटनगर : १४०

काठमाडौं–जनकपुर : ७५

काठमाडौं–पोखरा : ९५

काठमाडौं–भरतपुर : ६५

काठमाडौं–भैरहवा : १२५

काठमाडौं–नेपालगञ्ज : १९५

काठमाडौं–धनगढी : २६५

काठमाडौं–तुम्लिङटार : ११०

काठमाडौं–सिमरा : ५५

काठमाडौं–सुर्खेत : २१०

काठमाडौं–राजविराज : १२५