२०८२ फाल्गुन २३ , शनिवार

काँग्रेस विवादः देउवाले बोलाए कांग्रेस शीर्ष नेतालाई छलफलमा

DEUBA

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा लागेपछि देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई उनले शुक्रबार बिहान छलफलका लागि  महाराजगञ्जस्थित निवास बोलाएका हुन् । कार्यवाहक सभापति खड्कानिकट स्रोतले सभापति देउवासँग हुन गइरहेको छलफल पुष्टि गरेको छ ।

 

केन्द्रीय कार्यसम्पादन समितिमा रहेका अर्का नेताको सचिवालयले पनि सभापति देउवाले नेताहरूलाई छलफलका लागि बोलाएको पुष्टि गरेको छ । उनका अनुसार बैठक बिहान ९ बजेपछि बोलाइएको हो ।

 

कांग्रेसले आज (शुक्रबार) केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

 

उनीहरूले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारीसमेत गरेका छन् । विशेष महाधिवेशनका लागि पक्षधर समूहले बिहीबार भृकुटीमण्डप पनि बुक गरिसकेको छ ।