२०८२ फाल्गुन २३ , शनिवार

कांग्रेसमा बिबाद बढ्दै, विशेष महाधिवेशन पक्षधरले गरे भृकुटीमण्डपमा हल बुकिङ

Gagan Bishow

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको लागि भन्दै हल बुकिङ गरिएको छ ।

नियमित महाधिवेशनको मिति तोकिए पनि नहुने पक्का भइसकेपछि महामन्त्रीहरूले विशेष महाधिवेशन बाध्यकारी भएको बताएका छन् ।

विशेष महाधिवेशन पक्षधरले बुधबार भृकुटीमण्डपमा पुगेर हल बुकिङ गरेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले  जानकारी दिइन् ।

‘हिजो (बुधबार) हल बुकिङ गरियो । आज अन्य प्रक्रिया मिलाइँदैछ’ उनले भनिन् ।

 

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतले विशेष महाधिवेशनलाई जोड दिँदै आएका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए ।