
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनमा डा. कुन्जाङ शेर्पा उपाध्यक्षमा विजयी हुनुभएको छ ।
मंगलबार सम्पन्न मतगणना अनुसार उहाँले डा. गुरुशरण साहलाई पराजित गर्दै उपाध्यक्ष पदमा जित हाँसिल गर्नुभएको हो ।
त्यसैगरी सदस्य पदमा डा। छविलाल पन्थी, डा. सारिका गोइत, डा. दिपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोख्रेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत, र डा. नीना राई बिजयी हुनुभएको छ ।
मतहरूको औपचारिक संख्या केही बेरमा सार्वजनिक गरिने काउन्सिलले जनाएको छ।