२०८२ फाल्गुन २४ , आइतवार

काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)

tamu-losar-23

सुनाखरी न्युज/ काठमाडौं ।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् ।ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउने गर्छन् ।

यस अवसरमा आज काठमाडौंको बसन्तपुर दरबार क्षेत्रबाट नाँचगानसहित र्‍याली निकालेर टुँडिखेलमा ल्होसार महोत्सव सुरू गरिएको छ । महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता छ ।

यसै गरी पुस १५ को रात सबैभन्दा लामो हुने र त्यसपछि दिनहरू लम्बिँदै जाने भएकाले अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा पनि यसलाई लिइन्छ । तमु ल्होसारको अवसरमा संघीय सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।