
सुनाखरी न्युज/ काठमाडौं ।
भिसाको म्याद सकिएपछि नेपालबाट भारततर्फ जान खोज्ने १ जना अमेरिकी नागरिकलाई सशस्त्र प्रहरीले नेपाल–भारत सीमा नाकाबाट नियन्त्रणमा लिएको छ । नियमित सीमा सुरक्षा जाँचका क्रममा भद्रपुर नाकामा शंकास्पद यात्रु रोकेर कागजात जाँच गर्दा अमेरिकी नागरिकको नेपाल भ्रमण गर्ने भिसाको म्याद गुज्रिसकेको खुलेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । भद्रपुर नाकामा शंकास्पद यात्रु रोकेर कागजात जाँच गर्दा अमेरिकी नागरिकको नेपाल भ्रमण गर्ने भिसाको म्याद गुज्रिसकेको खुलेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार दिउँसो करिब १ः३० बजे भद्रपुर नगरपालिका- ७ स्थित मेची पुलपारि रहेको सहायता कक्षमा खटिएको ड्युटी टोलीले नियमित जाँच गरिरहेको बेला भारततर्फ पैदलै जान लागेका ३६ वर्षीय अमेरिकी नागरिक मार्क एन्ड्रयु क्युटीलोस्कीलाई रोकेको थियो। भद्रपुर भन्सार नाका हुँदै सीमा पार गर्ने क्रममा उनको पासपोर्ट र भिसा विवरण जाँच गर्दा नेपाल बसाइको वैधानिक अवधि समाप्त भइसकेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ। क्युटीलोस्कीको साथमा रहेको झोला, यात्रा सम्बन्धी कागजात तथा भिसासम्बन्धी विवरण समेत जाँच गरी आवश्यक प्रक्रिया पूरा गरिएको थियो।
भिसा अवधि सकिएपछि पनि औपचारिक प्रक्रिया नअपनाई सीमा पार गर्न खोज्न अध्यागमन कानुन विपरीत हुने भएकाले उनलाई नियन्त्रणमा लिइएको सशस्त्रको भनाइ छ। नियन्त्रणमा लिएका अमेरिकी नागरिकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन कार्यालय काँकरभिट्टा बुझाइएको छ। अध्यागमन कार्यालयले भिसा उल्लंघनसम्बन्धी प्रावधानअनुसार थप अनुसन्धान गरी आवश्यक निर्णय लिने बताइएको छ। भिसाको म्याद सकिएपछि नेपालबाट भारततर्फ जान खोज्ने १ जना अमेरिकी नागरिकलाई सशस्त्र प्रहरीले नेपाल–भारत सीमा नाकाबाट नियन्त्रणमा लिएको छ । नियमित सीमा सुरक्षा जाँचका क्रममा भद्रपुर नाकामा शंकास्पद यात्रु रोकेर कागजात जाँच गर्दा अमेरिकी नागरिकको नेपाल भ्रमण गर्ने भिसाको म्याद गुज्रिसकेको खुलेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।