
सुनाखरी न्युज/ काठमाडौं ।
ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ( बालेन ) बीच त्रिपक्षीय वार्ताको तयारी भएको छ । रास्वपा नेता असिम शाहका अनुसार, सम्भवत भए आजै, नभए भोलि वार्ताको तयारी गरिएको छ ।
रवि र बालेनबीच बिहीबार वार्ता भएको थियो । मेयर शाहका सहयोगी कुमार व्यञ्जनकारको घर ललितपुरको ज्वागलमा उनीहरूबीच वार्ता भएको थियो ।
वार्तास्थलबाट निस्किँदै गर्दा लामिछानेलाई सञ्चारकमीको प्रश्न थियो, “बालेनले घण्टी बजाउने कि तपाईंले लौरो टेक्ने ? ” जवाफमा लामिछाने भने, “त्यो त समयले नै बताउनेछ ।”