
सुनाखरी न्युज/ काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक गरेका छन् ।
उनले तीन वटा मन्त्रालयबाट १ सय दिन अवधिमा भएका १ सय कामको सूची सार्वजनिक गरेका हुन् ।
उनले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् ।
मन्त्री घिसिङले यसबीच आफूले जनताको विश्वास बोकेको एक सेवकका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको समेत बताए । ‘सय दिन सयमका हिसाबले छोटो भए तापनि जिम्मेवारीका हिसाबले अत्यन्त गह्रौं छन्,’ उनले भने, ‘आलोचनबाट नडराइ, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको छु ।’
यसबीच आफूले भाषणभन्दा काम र देखिने नतिजालाई प्राथिमकता दिएको उनले दाबी गरे ।