
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचनका लागि करिब २७ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने देखिएको छ, जसमा निर्वाचन आयोगलाई ७ अर्ब र सुरक्षा व्यवस्थापनका लागि २० अर्ब माग गरिएको छ।
निर्वाचन सुरक्षाका लागि १ लाख ४७ हजार निर्वाचन प्रहरी भर्ना गर्ने निर्णय भइसकेको छ भने, आवश्यक सवारीसाधन र सुरक्षा सामग्रीका लागि भारतसहित अन्य देशसँग सहयोगको अनुरोध गरिएको छ।
यो सारांश ब्क्ष् द्वारा सिर्जना गरिएको हो।
काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा निकायका लागि चालु र पुँजीगत खर्चअन्तर्गत उक्त बजेट व्यवस्थापन गर्न लागिएको हो ।
यसमध्ये आयोगका लागि अर्थ मन्त्रालयले ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सुनिश्चित गरिसकेको छ । गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षाका लागि करिब साढे २० अर्ब रुपैयाँको स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरेका छन् । दुवै मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ९एपीएफ०, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीका लागि आवश्यक पर्ने खर्चको प्रस्ताव अर्थ मन्त्रालयमा पेस भएको हो । प्रस्तावित बजेटका सम्बन्धमा छलफल जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।