२०८२ फाल्गुन २२ , शुक्रवार

जाडोमा सुत्दा ऊनीको कपडा लगाउने बानी छ भने हुन सक्छ यस्तो गम्भीर असर 

topio

सुनाखरी न्युज/ काठमाडौं।

जाडोयाममा मानिसहरु चिसोबाट बच्न ऊनी र न्यानो कपडा लगाउँछन् । धेरैपटक अत्याधिक चिसोका कारण स्वेटर, टोपी वा मोजा लगाएर सुत्न पनि जान्छन । कसै कसैलाई यो धेरै सहज लाग्छ किनभने यसले शरीरलाई चिसोबाट बचाउँछ।ऊनका कपडाहरू बाक्लो र तातो हुने भएकाले यसले शरीरलाई अत्यधिक न्यानोपन दिन्छ। ऊनको थर्मल इन्सुलेशनले हावा छिर्न दिँदैन, जसका कारण शरीरको ताप बाहिर जान पाउँदैन। तर, यस्ता कपडा लगाएर सुत्दा शरीरमा अत्यधिक गर्मी उत्पन्न हुन सक्छ।

यसले पसिना आउने, अनिद्रा हुने, र छालासम्बन्धी समस्या निम्त्याउने सम्भावना रहन्छ। छालामा चिलाउने, दाग बस्ने, र एलर्जी हुने जोखिम पनि बढ्छ, विशेषगरी छालाको एलर्जी भएका व्यक्तिहरूका लागि।न्यानो कपडाले अक्सिजन अवरुद्ध गर्छ, जसले सुत्दा निसास्सना, घबराहट वा असुविधा हुन सक्छ। यसबाहेक ऊनी कपडाले शरीरको तापलाई बाहिर जानबाट रोक्छ, जुन उच्च रक्तचाप र हृदय रोगका बिरामीका लागि पनि खतरनाक हुन सक्छ।

यसैगरी, कम्बलले टाउको छोपेर सुत्दा अक्सिजनको कमी हुन सक्छ। यसले सास फेर्न गाह्रो हुने, थकान, टाउको दुख्ने र बेचैनी हुन सक्छ। यस बाहेक कम्बलले धेरै घण्टा टाउको छोपेर सुत्दा पनि मुटु र फोक्सोमा नराम्रो असर पर्न सक्छ । यसले दम र ब्रोन्काइटिस जस्ता श्वासप्रश्वासको समस्या बढाउन सक्छ। कम्बलले टाउको छोपेर सुत्ने मानिसहरूले आफ्नो मुखको सानो भाग कम्बलबाट बाहिर राख्नु पर्छ।

उता, राति मोजा लगाएर सुत्नु हानिकारक हुन्छ । यसो गर्नाले हाम्रो खुट्टाको रक्तसञ्चार कम हुन सक्छ, जसका कारण खुट्टामा झनझन महसुस हुन सक्छ। यस बाहेक मोजाको तातोले अत्यधिक तातो हुन सक्छ, जसले घबराहट वा बेचैनी निम्त्याउन सक्छ। कोही कोही रातमा दिनभर लगाएको मोजा लगाएर सुत्छन्। यसले खुट्टामा संक्रमणको जोखिम बढाउँछ।