२०८२ फाल्गुन २३ , शनिवार

रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा

rabi-lamichhane-e1728024985138

 

सुनाखरी न्युज/ काठमाडौं ।

रास्वपाको सभापति रवि लामिछानेले आज चितवनमा सम्बोधन गर्दैछन्। हिजो रिहा भएका लामिछानेले भरतपुर चौबीस कोटीमा केहीबेरमा विशेष सम्बोधन गर्न लागेको प्रवक्ता मनिष झाले बताए। लामिछानले हिजै चितवन पुगिसकेका छन्।

उनका अनुसार चितवनका टोल तथा वडा तहदेखि जिल्ला तहसम्मका समितिका सम्पूर्णलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरिएको छ।

प्रवक्ता झाका अनुसार आजै चितवनको कार्यक्रमपछि दिउँसो १ः५० को बुद्ध एयरको विमानबाट काठमाडौं फर्की जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम रहेको छ। थुनामुक्त हुने आदेश पाएपछि लामिछाने शुक्रबार भैरहवास्थित जिल्ला कारगारबाट थुनामुक्त भएका थिए ।