२०८२ फाल्गुन २३ , शनिवार

माछापुच्छ«े क्यापिटल लिमिटेडद्वारा विश्व लगानीकर्ता सप्ताह– २०२५ को अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न

mmm

सुनाखरी न्युज/ काठमाडौं ।

माछापुच्छ«े क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह– २०२५ को अवसरमा लगानीकर्ताहरु माझ सचेतना अभिबृद्धि गर्नको लागि देशव्यापी रूपमा विभिन्न क्षेत्रहरुलाई समेटेर शिक्षा तथा सचेतना कार्यक्रम संचालन गरेको छ । लगानीकर्ता तथा जनमानसमा शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने लक्षका साथ विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्य अनुरुप मंसिर २५ गतेदेखि पौष २ गतेसम्म केही कार्यक्रम सम्पन्न भैसकेको छ भने केही कार्यक्रमहरुलाई सो मिति पछि समेत निरन्तरता दिने योजना बनाएको छ ।

यस अवसरमा, क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०८२-०८-२९ गते Quest International College, ग्वार्कोमा एम.बि.ए संकायका विद्यार्थीहरु, मिति २०८२-०९-०१ गतेMakawanpur Multiple Campus,  हेटौंडा–२ मकवानपुरमा अध्यनरत बि.बि.ए संकायका विद्यार्थीहरु, साथै मिति २०८२-०९-०२ गते Regional Hotel Association tyf Restaurant and Bar Association,  चितवन, सौराहाका सदस्यहरु तथा कर्मचारीहरुका साथै Arjunchaupari Rural Municipality, वालिङ्ग, स्याङ्जामा कार्यरत कर्मचारीहरु तथा सो गाउँपालीकाका स्थानीय वासिन्दाहरुमाझ सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस्ता कार्यक्रमहरु मार्फत लगानीकर्ताहरुलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । माछापुच्छ«े क्यापिटलले यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर रुपमा गर्दै आएको छ ।

माछापुच्छ«े क्यापिटल लिमिटेड, माछापुच्छ«े बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ«े क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

 

 

१. Arjunchaupari Rural Municipality, वालिङ्ग, स्याङ्जामा कार्यरत कर्मचारीहरु तथा सो गाउँपालीकाका स्थानीय वासिन्दाहरुमाझ सचेतना तथा अन्तरक्रिया कार्यक्रम ।

२.Makawanpur Multiple Campus,  हेटौंडा–२ मकवानपुरमा अध्यनरत बि.बि.ए संकायका विद्यार्थीहरु बिच सचेतना तथा अन्तरक्रिया कार्यक्रम ।

३. Quest International College,  ग्वार्कोमा एम.बि.ए संकायका विद्यार्थीहरु बिच सचेतना तथा अन्तरक्रिया कार्यक्रम ।

 

४. Regional Hotel Association तथा  Restaurant and Bar Association, चितवन, सौराहाका सदस्यहरु तथा कर्मचारीहरु बिच सचेतना तथा अन्तरक्रिया कार्यक्रम ।