२०८२ फाल्गुन २२ , शुक्रवार

‘मिरमिरे’को गीतमा दयाहाङपत्नी बेनुकाको स्वर

mirmir

सुनाखरी न्युज/ काठमाडौं ।

चलचित्र ‘मिरमिरे’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन्। यो सिनेमाको टिजर सार्वजनिक भइसकेको छ। टिजर दर्शकले मन पराइरहेका छन् । बुबा र छोरीको इमोसनल सम्बन्ध रहेको सिनेमाको टिजर दर्शकको नजरमा परेको हो। सिनेमाको गीत बेनुका राईको स्वर रहेको निर्माण टिमले बताएको छ ।

बेनुका अभिनेता दयाहाङ राईकी श्रीमती हुन् । बेनुका गायिका हुन् । तर, उनी विवाह र दयाहाङ राई अभिनयमा व्यस्त भएपछि गायन त्यति धेरै सक्रिय छैनन् । सिनेमाको कथा भन्ने गीत बेनुकाले गाएको बताइएको छ ।

बेनुकाको स्वर रहेको यो गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

सिनेमामा लेखन तथा निर्देशन यम शेर्पाको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् ।