सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले सशस्त्र प्रहरी बलका तीन जना अतिरिक्त महानिरीक्षक ( एआईजी ) को सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीनै जना एआईजीको सरुवा गरेको हो ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गरेको हो । मानव स्रोत विभागमा एआईजी नारायणदत्त पौडेललाई सरुवा गरिएको छ । यसअघि उनी कार्य विभागमा कार्यरत थिए ।
यसअघि मानव स्रोत विभागका कार्यरत वंशीराज दाहाललाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । सीमा सुरक्षा विभागमा रहेका गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ ।