२०८२ फाल्गुन २३ , शनिवार

हतियार राख्ने ‘वैध अधिकार’ रहेको हमासको दावी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

हमास लडाकू समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताउनुभएको छ। गाजा युद्धविरामको अर्को चरणको लागि आउने कुनै पनि प्रस्तावले त्यो अधिकारलाई समर्थन गर्नुपर्ने उहाँले बताउनुभयो । “प्रतिरोध र हमासका हतियारहरू अन्तर्राष्ट्रिय कानूनले सुनिश्चित गरेको वैध अधिकार हो र यो प्यालेस्टाइन राज्यको स्थापनासँग जोडिएको छ,” अल–ह्याले हमास समूह निकट अल–अक्सा टेलिभिजन प्रसारण गरिएको सम्बोधनमा भन्नुभयो । “हामी प्यालेस्टाइन राज्यको स्थापनाको ग्यारेन्टी गर्दै यो अधिकारलाई संरक्षण गर्ने कुनै पनि प्रस्तावको अध्ययन गर्न खुला छौँ।
रासस/एएफपी