२०८२ फाल्गुन २४ , आइतवार

अवरुद्ध अरनिको राजमार्ग खुल्यो

kantipur tv

सुनाखरी न्युज/ काठमाडौं ।

मंसिर २० गतेदेखि स्थानीयवासीले अवरुद्ध गरेको अरनिको राजमार्ग शनिबार बेलुकादेखि सञ्चालनमा आएको छ । बाढी र पहिरोले बस्ती जोखिम भएको भन्दै स्थानीयले सडक सञ्चालनमा रोक लगाएका थिए ।

गत असोज २ गते स्थानीयवासी, सडक विभाग, सडक डिभिजन कार्यालय चरिकोटलगायतको उपस्थितिमा कात्तिक महिनामा राजमार्ग निर्माण र पहिरो नियन्त्रणको लागि टेन्डर निकाल्ने सहमति भएपनि अर्को एक महिना ढिला भएपछि स्थानीयले सडक अवरोध गरेका थिए ।

शुक्रबार दिउँसो स्थानीय र सडक डिभिजन कार्यालयबीच भएको वार्ता असफल भएको थियो ।