२०८२ फाल्गुन २३ , शनिवार

विश्वका ५ शक्तिशाली देशको समूह ‘सी५’ बनाउँदै ट्रम्प

Trump_2.jpg-1

सुनाखरी न्युज /  काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, रूस, चीन र जापानसँग मिलेर एउटा नयाँ समूह कोर फाइभ ९सी-५० ल्याउने तयारी गरिरहेका छन्। अमेरिकी वेबसाइट ‘पोलिटिको’ का अनुसार यो मञ्चले ग्रुप सेभेन (जी७) देशहरूको स्थान लिनेछ।

यस बारेमा अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन। तर पोलिटिकोका अनुसार सी५ वाला यो नयाँ विचार वास्तवमा राष्ट्रिय सुरक्षा रणनीतिको एक लामो ड्राफ्टमा लेखिएको थियो। यो ड्राफ्ट सर्वसाधारणका लागि सार्वजनिक गरिएको छैन ।

जी७ धनी र लोकतान्त्रिक देशहरू ९अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, क्यानाडा, इटाली र जापान० को मञ्च हो। यद्यपि, ट्रम्पको चाहना शक्तिशाली देशहरूलाई लिएर एउटा नयाँ मञ्च बनाउने छ।

 

 

पोलिटिकोले यो लामो ड्राफ्टको थप अवस्था बारे केही पुष्टि गर्न नसके पनि अर्को मिडिया ‘डिफेन्स वन’ ले यसको पुष्टि गरेको छ। ट्रम्पले यस पहलका लागि बाँकी ४ देशहरूसँग कुनै कुरा गरेका छन् वा छैनन् भन्ने जानकारी भने छैन।