२०८२ फाल्गुन २३ , शनिवार

कुलमान र हितेन्द्रबीच भेटवार्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोच्च अदालतबाट पद पुनर्स्थापित भएसँगै नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् । शाक्य मन्त्री घिसिङ भेट्न सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए । मन्त्रालय स्रोतका अनुसार भेटमा मन्त्री घिसिङले हाल प्राधिकरणले पूर्ण क्षमतामा काम गर्ने समय रहेको भन्दै त्यसमा सम्झौता नगर्न सुझाव दिएका छन् ।