
सुनाखरी न्युज/ काठमाडौं ।
दाङको लमहिमा शनिबार सुनचाँदी ब्यवसायी माथि भएको गोली प्रहारको चौतर्फि निन्दा भएको छ । यो घटनापछि दाङ तुलसीपुर क्षेत्रका सुनचाँदी ब्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
लमही बजारमा हिजो दिउँसो ग्राहकको नाममा आएको व्यक्तिद्वारा लुटपाटको प्रयास हुँदा प्रतिकार गर्ने क्रममा गोली लागी पसलका कर्मचारी सुमन सुनार घाइते भएका छन् ।
यो घटनाको नेपाल सुनचाँदी ब्यवसायी महासंघले गंभिर ध्यानाकर्षण भएको जनाएको छ । साथै महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै घटना अत्यन्त निन्दनिय भएको जनाएको छ । महासंघका महासचिव किरणभाई बज्राचार्यले यो घटनाले व्यवसायीहरूको सुरक्षामाथि ठूलो प्रश्न खडा भएको बताउनुभयो ।
महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठले यो घटनाले सिङगो सुनचाँदी ब्यवसायी माथि सुरक्षा चुनौति थपिएको भन्दै सुरक्षा ब्यवस्थ कडा पारिनु पर्ने खाँचो औंल्याउनुभयो ।
महासंघको लुम्विनी प्रदेश अध्यक्ष ध्रुवकुमार गहतराजले पनि एक बिज्ञप्ति जारी गर्दै घटनाको भत्सना गर्नुका साथै दोषीलाई तत्काल कारवाही गर्न माग गर्नुभएको छ ।
यसैगरी सरकार तथा स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता घटना नदोहोरिउन् भनेर बजार क्षेत्रमा व्यवसायीहरूको सुरक्षा व्यवस्थालाई अझ कडा र प्रभावकारी बनाउन आवश्यक देखिएको छ ।
घोराही सुनचाँदी ब्यवसायी संघका अध्यक्ष विनोद कुमार विश्वकर्माा अनुसार रआज त्यस क्षेत्रको पसल ब्यवसाय बन्द गरी ब्यवसायी आन्दोलनमा उत्रिएका छन् ।