२०८२ फाल्गुन २३ , शनिवार

पुर्व प्रहरी हवल्दारको हत्या गरी फरार प्रतिवादी पक्राउ

arrest-1

सुनाखरी न्युज/ काठमाडौं ।

मिति २०८१।१२।३१ गते अन्दाजी १५:३० बजेको समयमा जिल्ला लमजुङ बेसीशहर नगरपालिका वडा नं. २ भकुण्डे स्थित सोही स्थानमा बसोबास गर्ने वर्ष ४५ की सिता कँडेल (भु.पू. प्रहरी हवल्दार) को घरमा वाहिरबाट ताल्चा लागेको अवस्थामा, सोही घरबाट दुर्गन्ध फैलिएको भनी स्थानीय व्यक्तिहरुले प्रहरीमा सूचना गरेकोमा उक्त घरभित्र प्रवेश गरी खानतलास गर्दा निज सिता कँडेलको शव आफ्नै घरको सुत्ने कोठामा रहेको बक्स पलङको बिस्तारा मुनी त्रिपालले बेरिएको अवस्थमा फेला परेको, सो विभत्स हत्याको अनुसन्धानको लागि यस केन्द्रीय अनुसन्धान व्यूरोबाट समेत विशेष अनुसन्धान टोलि खटी गएकोमा, उक्त घटनाको प्राविधिक तथा स्थलगत अनुसन्धान गर्दा सो घटना जिल्ला चितवन साविक बछौली गा.वि.स. वडा नं. १ हाल परिवर्तित रत्ननगर नगरपालिका वडा नं. ०६ घर भएका परदेशी दराईको छोरा वर्ष ४७ को बुद्धिराम दराई संलग्न रहेको बुझिएको ।

निजले मिति २०६७/८/१३ गते जिल्ला गोरखा, फिनाम गा.वि.स. वडा नं. ५ बस्ने बर्ष ५३ कि चिनी माया पाण्डेलाई निज को छोरी मनुका भन्ने सम्झना पाण्डेसंग बुद्धिराम दराईको विवाह गर्ने भन्ने विषयमा विवाद भई निजले चिनी माया पाण्डेलाई घाटी थिचि निर्ममता पुर्वक हत्या गरेकोमा निजलाई गोरखा जिल्ला अदालतबाट २०६८/०३/२० गते सर्वस्व सहित जन्मकैदको फैसाला भएको र सजाय भुक्तानको क्रममा मृतक सिता कँडेलसँग भिमफेदी कारागारमा रहदा परिचय भएको खुल्न आएको । निज बुद्दिराम दराईलाई मिति २०८२/०१/१५ गते जिल्ला अदालत लमजुङबाट पक्राउ पुर्जी जारी भई खोजतलास तथा अनुसन्धानको क्रममा यस ब्यूरोको टोलीले जिल्ला रूपन्देही सिद्धार्थनगर नगरपालिक वडा नं. १ बेलहिया स्थित सडकखण्डमा मिति २०८२/०८/१८ गते पक्राउ गरी थप अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ बुझाईएको छ ।