
सुनाखरी न्युज/ काठमाडौं ।
सुनचाँदी ब्यवसायीलाईहरुलाई गुणस्तर तथा नापतौल सम्बन्धी जानकारी गराउने उद्धेश्यले शुक्रबार काठमाडौंमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नेपाल सुनचाँदी ब्यवसायी महमासंघको वागमति प्रदेशेभित्रका जिल्ला/नगरका सुनचाँदी ब्यवासायीलाई शुक्रकार काठमाडौंमा सो तालिम उपलब्ध गराएको हो । सो कार्याक्रममा महासंघको वागमति प्रदेशभित्रका ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।

त्यसक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा महासचिव किरणभाई बज्राचार्य, सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतको सहभागिता रहेको थियो ।