
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ । कात्तिक ३ मा अपरिचित व्यक्तिहरूले सातदोबाटोबाट आफ्नो घरतर्फ जाँदै गर्दा अधिकारीलाई आक्रमण गरेका थिए । उनलाई आक्रमण गरेको आरोपमा काभ्रे घर भएका कोकिलबहादुर शाह, रामेछापको गेलु घर भएका ३१ वर्षीय सिर्जन अधिकारी र सर्लाही घर भएका ३५ वर्षीय हेम तामाङलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।