२०८२ फाल्गुन २३ , शनिवार

पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाष चन्द्र जोशीको प्रमुख आतिथ्तामा एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन, पशुपतिनाथका मूल भट्ट गिरीश रावल भट्ट, वेंकटेश मंदिरका मठाधीश , पद्मधराचार्यज्यूको विशिष्ट आतिथ्तामा, गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा एवं गीता परिवार नेपाल, गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौं, गीताप्रेस पुस्तक विक्री केन्द्र बुटवलको व्यवस्थापनमा श्रीगीता जयन्ती कार्यक्रम गीतामाताको आराधना गरी मनाइयो । गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाज्यूको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षले उपस्थित सम्पूर्ण महानुभावहरुको स्वागत गर्दै गीताप्रेस नेपालको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराउनु भएको थियो ।

वहाँले स्वागतको क्रममा गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यलाई तेपाली भाषामा अनुवाद गराई प्रचार प्रसार र विक्री वितरण गर्न कार्य भगवान् श्रीपशुपतिनाथको पावन क्षेत्रको परिसरमा रहेर होस भनी गीताप्रेस गोरखपुरको चाहना रहेको हुँदा गीताप्रेस पशुपतिनाथ मन्दिर क्षेत्रमा सदैव रहिरहने व्यवस्थाको लागि पशुपति क्षेत्र विकास कोषको सहयोग अपरिहार्य रहेको हुँदा पूर्ण अपेक्षा राख्नु भएको थियो। वहाँले गीताप्रेस नेपालको स्थापना पछि हाल सम्म ८० को हाराहारीमा पुस्तकहरु नेपाली भाषामा अनुवादित भएको सन् २०२६ कल्याण शताब्दी वर्षसम्म १०० भन्दा बढी पुस्तकहरुलाई नेपाली भाषामा प्रकाशित गराउने लक्ष्य रहेको जानकारी गराउनु थियो । कार्यक्रममा पुशपतिनाथका भट्ट , गिरीश रावल भट्ट आशिर्वाद प्रदान गर्नु भएको थियो ।

यसै गरी विशिष्ट अतिथिहरु पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं मानव सेवा आश्रमका संरक्षक डा.  गोविन्द टण्डन, बैंकटेश मंदिरका मठाधीश , पद्मधराचार्य , प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाष चन्द्र जोशीले मन्तव्य दिनु भएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुलाई आयोजक समिति एवं गीताप्रेस पुस्तक प्रचार प्रसाद केन्द्र नेपालको तर्फबाट उपाध्यक्ष भरत कुमार तोदीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवं महासचिव अञ्जनी नन्दन मारुले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापिठ, विश्वाश्रम, मारवाडी समाजका विभिन्न संघ संस्थाका पदाधिकारी, लव्धप्रतिष्ठित महानुभावहरु, विद्वतवर्गको उल्लेख्य उपस्थिति रहेका थियो ।