२०८२ फाल्गुन २४ , आइतवार

मधेस प्रदेशसभा बैठक आज, मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने

Madhesh

सुनाखरी न्युज/ जनकपुर ।

मधेस प्रदेशसभा बैठक आज बस्दैछ ।  बिहान साढे ८ बजेका लागि आह्वान गरिएको मधेस प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बताएपछि आजका लागि प्रदेशसभा बैठक बोलाइएको थियो ।

प्रदेशसभा बैठक सुरु हुन ढिलाइ भएपछि सांसद्हरु संसद् परिसरमा जुटेका छन् । प्रदेशसभामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सर्वोच्च अदालतले सोमबार साँझ  मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन बताएका थिए । यद्यपि उनको पक्षमा बहुमत सांसद नभएकोले राजीनामा दिने अड्कालबाजी गरिएको थियो ।