२०८२ फाल्गुन २६ , मंगलबार

काठमाडौँमा आज दिनभर आंशिक बदली हुने

mausam_N0UIFc4wcl_kUQyPU3uue

सुनाखरी न्युज/ काठमाडौं ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँ उपत्यकामा आज दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ९ . १ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ । (रासस)