२०८३ भदौ २१ , आइतवार

संग्रौलाको ‘प्राची का सूर्य’ कवितासंग्रह सार्वजनिक

WhatsApp Image 2025-11-29 at 22.18.40_a7b578e8

सुनाखरी न्युज/ काठमाडौं ।
डिल्लीराम शर्मा संग्रौलाको कविता संग्रह ‘प्राची का सूर्य’ आज ग्रीनलिफ क्याफे, पुतली सडक, काठमाडौँमा सार्वजनिक गरिएको छ। कार्यक्रमको अध्यक्ष प्रा.डा. अक्कलदेव मिश्र, प्रिन्सिपल, त्रिभुवन विश्वविद्यालय हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा प्राध्यापक एवं साहित्यकार शैलेन्दु प्रकाश नेपाल हुनुहुन्थ्यो।

पुस्तकमाथि समीक्षा डा. अम्बिका अर्याल, नेपाली विभाग, विभागीय प्रमुख पद्मकन्या बहुमुखी क्याम्पसले र विनोद कुमार विश्वकर्मा, हिन्दी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयले गर्नुभएको थियो। डा. अर्यालले संग्रौलाका कविता पठनीय भएको र कविता पढ्दाखेरि विभिन्न स्वाद पाएको वर्णन गर्नुभयो। साथसाथै उहाँले आजभोलिको ट्रेन्ड (प्रवृतिलाई) अब उप्रान्तका कविताले समाओस् भन्ने सुझाव पनि दिनुभयो। अर्का समीक्षक विनोद कुमार विश्वकर्माले संग्रौलाका कवितामा भएका शब्द चयनको मुक्तकण्ठले प्रशंसा गर्दै कवितामा कतै भ्रष्टाचारप्रति तीक्ष्ण व्यङ्ग भएको, कतै सामाजिक असमानताप्रति असहमति भएको, कतै आमा-बुवा प्रति हार्दिकता भएको छ भने कतै कोरोना र भूकम्पको त्रासदीको पनि मार्मिक वर्णन भएको छ, भन्नुभयो।

 

डिल्लीराम शर्मा संग्रौलाको कविता संग्रह ‘प्राची का सूर्य’ आज ग्रीनलिफ क्याफे, पुतली सडक, काठमाडौँमा सार्वजनिक गरिएको छ। कार्यक्रमको अध्यक्ष प्रा.डा. अक्कलदेव मिश्र, प्रिन्सिपल, त्रिभुवन विश्वविद्यालय हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा प्राध्यापक एवं साहित्यकार शैलेन्दु प्रकाश नेपाल हुनुहुन्थ्यो।

 

कार्यक्रममा जैन कवि कृष्ण प्रसाईले संग्रौलालाई शुभकामना दिँदै एउटा कविता वाचन गर्नुभएको थियो। त्यसरी नै उर्दु गजलकार मोबिन खानले शर्मालाई बधाई दिँदै संग्रौलाका पुस्तकबाट एउटा कविता वाचन गर्नुभएको थियो। पुस्तक लोकार्पण कार्यक्रममा ‘द पब्लिक’ हिन्दी मासिक पत्रिकाका सम्पादक वीणा सिन्हा, इमेज च्यानलकी समाचारवाचीका नबिना निरौला, हिमालिनी अनलाइन पत्रिकाकी सम्पादक कन्चना झा लगायतले पनि संग्रौलालाई बधाई दिँदै कविता वाचन गर्नुभएको थियो।

मुख्य अतिथि डाक्टर शैलेन्दु प्रकाशले संग्रौलालाई बधाई दिँदै भविष्यमा अरु कृति पनि पढ्न पाइयोस् भन्ने शुभकामना दिनुभयो। धन्यवाद ज्ञापनमा संग्रौलाले उपस्थित सम्पूर्ण महानुभाव प्रति आभार व्यक्त गर्नु भयो। र अन्तमा अध्यक्ष प्रोफेसर अक्कलदेव मिश्रले शुभकामना तथा बधाई दिँदै उहाँका कविताको प्रशंसा गर्दै कार्यक्रमको समाप्ति गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन श्रद्धा संग्रौलाले गर्नुभएको थियो