
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौँ उपत्यकामा लगातार जाडो महसुस भइरहेको छ ।शनिबारको तुलनामा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबार (आज ) केही घटेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५ : ४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६. ६ डिग्री सेल्सियसमा झरेको हो।
हिजो यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ७. ० डिग्री सेल्सियस थियो भने पछि बिहान ८ : ४५ बजे घटेर ६ .७ डिग्री सेल्सियस भएको थियो। आजको पनि आधिकारिक न्यूनतम तापक्रम भने मौसम महाशाखाले अहिले बिहान ८ : ४५ बजे सार्वजनिक गर्छ।
त्यसबेलासम्म अहिलेको भन्दा न्यूनतम तापक्रम अरू कम हुन सक्छ। मूलत , देशभर चिसो बढिरहेको भए पनि तापक्रम भने थोरै तलमाथि भइरहन्छ।