२०८२ फाल्गुन २३ , शनिवार

नेपालको चुच्चेनक्सा सहित छापिएको एकसय रुपैयाँको नयाँ नोटमा भारतको विरोध !

nrb-nepal-rashtra-bank-1024×573

सुनाखरी नयुज/ काठमाडौं ।
नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको चुच्चेनक्सा सहितको एकसय रुपैयाँको नेपाली नोटले भारमा बहस सुरु गरेको छ । भारतीय केही सञ्चारमाध्यमहरूले यसबारे समाचार प्रकाशन गरेपछि यसको चर्चा सुरु भएको हो ।

दुइदिन अघि मात्रै नेपाल राष्ट्र बैंकले अद्यावधिक सुरक्षा सुविधा र नयाँ डिजाइनसहितको नेपाली एकसय रुपैयाँको नोट बजारमा पठाएको थियो जसमा नेपालको चुच्चे नक्सा समेटिएको थियो ।

भारतीय मिडियामा प्रकाशीत समाचार अनुसार भारतको विदेश मन्त्रालयले यो सिषयलाई विरोध गरेको छ । केही भारतीय मिडियाहरुले भारतीय विदेश मन्त्रालयको भनाईसहित आपत्ति जनाएका छन् ।

भारतीय मिडियाहरु दैनिक भास्कर, नवभारत टाइम्स प्रभात खबर लगायतका मिडियाले भारतीय विदेशमन्त्रालयको हवला दिँदै नेपाली एकसय रुपैयाँको नोटमा भारतीय भूभागलाई आफ्नो भनिएको भन्दै विरोध जनाइएको छ । उनीहरुले उत्तराखण्डको हिस्साका रूपमा रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालले आफ्नो भूभागका रूपमा रुपैयाँमा देखाएको भनी सोको विरोधमा समाचार प्रकाशित गरेका छन् ।