२०८२ फाल्गुन २३ , शनिवार

सरकार र जेन–जीबीच हुने सम्झौताको ११ बुँदे मस्यौदा सोमबारभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

PM Jengi

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेन-जीबीच हुने सम्झौताको मस्यौदालाई सोमबारभित्र टुंग्याउन निर्देशन दिएकी छन् ।

सम्झौता राजनीतिक दस्तावेज भएकोले त्यसको जिम्मेवारी मन्त्रिपरिषद्ले लिने आश्वासन दिँदै प्रधानमन्त्री कार्कीले हस्ताक्षर गरेकै कारण केही बेहोर्नुपरे आफूले नै ब्यहोर्ने पनि स्पष्ट पारिन् ।

जेन-जीका अगुवालाई शुक्रबार सिंहदरबारमा बोलाएर छलफल गर्दै प्रधानमन्त्री कार्कीले अब धेरै दिन कुर्न नसकिने भन्दै सोमबारसम्म अन्तिम रूप दिन निर्देशन दिएकी हुन् । जेन-जीहरूले आन्दोलनका उपलब्धि संस्थागत गर्न ११ बुँदे सम्झौताको मस्यौदा बुझाएका छन् ।

 

मस्यौदालाई अन्तिम रूप दिने भन्दै शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्याल र खेलकुदमन्त्री बब्लु गुप्तासहितको उपस्थितिमा छलफल भएको थियो । तर छलफलमा सहमति भने जुट्न सकेन ।