२०८२ फाल्गुन २३ , शनिवार

एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्दै

465288240_573565135309753_781271729512987826_n

सुनाखरी न्युज/ काठमाडौं ।

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंङस प्रतिस्पर्धा गर्दैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा कर्णालीले टस जितेर ब्याटिङ रोजेको हो । तीन खेलबाट दुई अङ्क मात्रै जोडेको कर्णालीलाई प्लेअफमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । अङ्कतालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जिते उसको प्लेअफको यात्रा सहज हुनेछ । यसअघि आजको पहिलो खेलमा काठमाडौँले चितवनलाई हराएको थियोे ।
रासस