
सुनाखरी न्युज/ काठमाडौं ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रूपैयाँ कायम भएको थियो।
त्यस्तै आज शुक्रबार चाँदीको मूल्य भने तोलामा ६५ रूपैयाँ वृद्धि भएको छ ।