२०८२ फाल्गुन २३ , शनिवार

दर्ज्यानी चिह्न प्रदान

1 (1)

सुनाखरी न्युज/ काठमाडौं ।

मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाउनुभएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति हुनुभएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभएको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रासस