
सुनाखरी न्युज/ काठमाडौं ।
गृह मन्त्रालयले तीन जना डीआईजीको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको छ ।
सरुवा सूचीअनुसार प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत रहेका डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेशको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत डीआईजी दिलिप सिंह देउवाको प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।
प्रदेश समन्यमा कार्यरत रहेका दिपककुमार बस्नेतको भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।
कोशीका डीआईजी ईश्वर कार्कीको एआईजीमा बढुवा भएपछि कोशी प्रदेश प्रहरी प्रमुखविहीन थियो ।