
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन नभए आगामी चुनावमा उम्मेदवार नहुने बताएका छन् ।
चुनावअघि नियमित महाधिवेशनको पक्षमा महामन्त्री थापा र शर्मालाई ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूलाई दुई महामन्त्रीले महाधिवेशन मार्फत नेतृत्व परिवर्तन नभए आगामी चुनावमा उम्मेदवार नहुने बताएका गर्न हुन् ।
सभापति शेरबहादुर देउवा पक्षका २५ केन्द्रीय सदस्यले महाराजगञ्जस्थित अरिकल होटलमा दुई महामन्त्रीलाई शुक्रबार बिहान १० बजेदेखि १२:३० सम्म भेटेर छलफल गरेका थिए ।
महामन्त्रीलाई चुनावअघि महाधिवेशनको ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले चुनावअघि महाधिवेशन गराउनै नसकिने अवस्था बने आफूहरू उम्मेदवार नबन्ने जानकारी दुई महामन्त्रीले गराएको शेर्पाले बताए ।
सभापतिसँग भेटमा सहभागी नेताहरूका अनुसार देउवाले अन्य नेताहरूसँग छलफल गर्न सुझाव दिएका थिए ।