
सुनाखरी न्युज/ काठमाडौं ।
मिस युनिभर्सका २ जना जजले राजीनामा दिएका छन् । केही दिनअघि यो राजीनामा आएको भन्दै बीबीसीले समाचार छापेको छ । तीमध्ये एकले आयोजकहरूलाई छनोट प्रक्रियामा धाँधली गरेको आरोप लगाएका छन् । आफूले आठ सदस्यीय निर्णायक मण्डलबाट राजीनामा दिन लागेको लेबनानी–फ्रान्सेली सङ्गीतकार ओमर हार्फूशले इन्स्टाग्राममा पोस्टमा लेखेका छन् । प्रतियोगिता सुरु हुनुभन्दा अघि नै तत्कालै बनेको एक जुरीले फाइनलिस्टहरूको छनोट उनको आरोप छ । प्रतियोगिता शुक्रबार थाइल्यान्डमा हुनेवाला थियो । केही घण्टापछि, फ्रान्सेली फुटबल प्रबन्धक क्लाउड माकेलेले पनि अप्रत्याशित व्यक्तिगत कारण भन्दै प्रतियोगिताबाट हटेको घोषणा गरे ।