२०८२ फाल्गुन २३ , शनिवार

कम्बोडियामा बस नदीमा खस्दा १३ जनाको मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मध्ये कम्बोडियाको कम्पोङ थोम प्रान्तमा बिहीबार एउटा बस पुलमा ठोक्किएर नदीमा खस्दा १३ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् । सान्टुक जिल्लामा स्थानीय समय अनुसार बिहान करिब ३:०० मा उक्त दुर्घटना भएको सान्टुक जिल्लाका उप प्रहरी प्रमुख सिव सोभन्नाले बताउनु भएको छ । दुर्घटनाको लगत्तै घाइते तथा मृतकहरूलाई अस्पताल लगिएको जनाउदै उहाँले सबै पीडितहरू कम्बोडियाका भएको उल्लेख गर्नु भएको छ । सरकारी प्रतिवेदन अनुसार सन् २०२५ को पहिलो नौ महिनामा सडक दुर्घटनाका कारण कम्बेडियामा एक हजार ६२ जनाको मृत्यु भएको थियो भने दुई हजार २५६ जना घाइते भएका थिए ।
रासस/सिन्ह्वा