
सुनाखरी न्युज/ काठमाडौं ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिह्न भने गुलाब रहेको छ । दल दर्ताको प्रमाणपत्र पाएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने गरी दल दर्ता गराएको बताए । उनले भने, ‘दल दर्तासँगै नयाँ अभियान सुरु भयो । भोलिबाट हामी देशभरि नयाँ अभियानमा अघि बढ्ने छौं । पार्टी पंक्ति, नेपाली श्रमिक जनतालाई विशेष अपिल गर्न चाहन्छौं ।’