२०८२ फाल्गुन २२ , शुक्रवार

राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक

Rastriya-panjikaran-bivag-

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरे । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरु सुरक्षित रहेको भन्ने बुझिएको छ’ काफ्लेले अनलाइनखबरसँग भने । अहिले उक्त साइट खुल्दैन । कसले कहाँबाट ह्याक गर्‍यो भन्ने अनुसन्धानकै क्रममा रहेको प्रवक्ता काफ्लेले बताए ।