२०८२ फाल्गुन २३ , शनिवार

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय

shekha-hasinaa

सुनाखरी न्युज/ काठमाडौं ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। बंगलादेशको राजधानी ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले मानवताको अपराधमा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सुजाय सुनाएको हो । गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवीय अपराध गरेको आरोप शेख हसिनामाथि लगाइएको थियो। भारतमा निर्वासनमा बसेकी हसिनाको अनुपस्थितिमै उनीविरुद्ध मुद्दा चलाइएको थियो। अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई मृत्युदण्डको सजाय सुनाएको छ । तत्काली प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी गवाहा बनेका कारण ५ वर्षको सजाय सुनाइएको छ ।