
सुनाखरी न्युज/ काठमाडौं ।
निर्वाचन आयोगले आज (आइतबार) सम्म १ सय २२ वटा राजनीतिक दल निर्वाचन आयोगमा कायम रहेको जानकारी गराएको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १ सय २२ वटा नै राजनीतिक दल आयोगमा दर्ता रहेको र आजको मितिसम्म पनि सोही संख्यामा दर्ता भएका दल संख्या रहेको आयोगले बताएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यसबीचमा ७ वटा राजनीतिक दल नयाँ दर्ता भएका छन् भने ७ वटा नै यसअघि कायम भएका दल खारेज भएका छन् । एउटा अदालतबाट र ६ वटा सम्बन्धित दलका पदाधिकारीले दिएको निवेदनका आधारमा आयोगले खारेजीको निर्णय लिएको उनले बताए ।