
सुनाखरी न्युज/ ललितपुर।
ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि सुविन बज्राचार्य निर्विरोध निर्वाचित भएका छन्। संघको शनिबार सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले बज्राचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा विजेन्द्र बज्राचार्य, उपाध्यक्षमा विपिन शाक्य, महासचिवमा संजय शाक्य, सचिवमा राकेश बज्राचार्य, कोषाध्यक्षमा राजेन्द्र शाक्य, सहसचिवमा सुदन शाक्य र सहकोषाध्यक्षमा सिद्धिरत्न बज्राचार्य निर्विरोध चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा राजेश राज बज्राचार्य, निलान्जना शाक्य, पद्मादेवी शाक्य, कर्णमान शाक्य, प्रदिप शाक्य चयन भएका छन्। संघको संस्थागत सदस्यमा महेश्वरमान शाक्य चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष सुविन बज्राचार्यले दुई जना कार्यसमिति सदस्यहरू गृहलक्ष्मी बज्राचार्य र दिपेन बज्राचार्यलाई मनोनित गरेका छन्।
नवनिर्वाचित समितिलाई निर्वाचन अधिकृत किरण शाक्यले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।