२०८२ फाल्गुन २४ , आइतवार

अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु

Blast

सुनाखरी न्युज/ काठमाडौं ।

पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्पोटक उपकरण विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान गएको प्रान्तीय प्रहरी प्रवक्ता सेदिकुल्लाह सेडिकीले शुक्रबार बताउनु भएको छ । उक्त बस्तुलाई केटाकेटीहरूले खेलौना जस्तो ठानेर त्यससँग खेल्न थाल्दा दुभाग्यपूर्ण रुपमा उक्त उपकरण अचानक विस्फोट हुँदा घटनास्थलमै बालबालीकाको मृत्यु भएको अधिकारीले जनाएका छन् । बदघिस प्रान्तमा गत हप्ता भएको यस्तै विस्पोटको घटना हुदाँ दुई जना बालबालिकाको ज्यान गएको थियो ।युद्धग्रस्त अफगानिस्तानमा द्धन्द्ध प्रभावित देश हो जहाँ विगत चार दशक भन्दा लामो युद्धबाट बाँकी रहेका बिभिन्न उपकरणहरू विस्पोट भएका कारण निर्दोश नागरिकका साथै बच्चाहरूले ज्यान गुमाउने गरेको जनाइएको छ।
रासस/सिन्ह्वा