२०८२ फाल्गुन २७ , बुधवार

सरकारले फिर्ता बोलाएका राजदूत: २ जना बाहेक अन्यले दिएनन् नैतिकताको आधारमा राजीनामा

Ministry-of-Foreign-Affairs-Nepal

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि कात्तिक २० गते विभिन्न ११ देशबाट राजदूतहरू नेपाल फर्किसकेका छन् । असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले राजदूत फिर्ता गर्ने निर्णय गरेसँगै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि राजदूत बनेका लोकदर्शन रेग्मीले राजीनामा दिए । बाँकी ९ जना राजदूतले राजीनामा दिएका छैनन् ।

घिमिरेले लण्डनस्थित दूतावासमा आफ्नो कार्यकक्षको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै इतिहासले आफ्नो मूल्याङ्कन गर्ने टिप्पणी गरेका थिए । अमेरिकाका लागि नेपाली राजदूत रहेका रेग्मीले भने गत कात्तिक २२ गतेबाट लागु हुनेगरी राजीनामा दिएको जनाएका छन् ।

सरकारले अविश्वास गरेर राजदूतबाट फिर्ता गरेसँगै राजीनामा दिएर नैतिकता देखाउनुको साटो सर्वोच्चको अन्तरिम आदेशको आडमा ९ जनाले राजीनामा दिएका छैनन् ।

देशको प्रतिनिधित्व गर्ने जुन व्यक्तिमाथि सरकारले अविश्वास गरेर फिर्ता बोलाएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा नेपाल फिर्ता हुँदा पनि सोही पदमा रहिरहनु राम्रो नभएको कूटनीतिज्ञहरुको भनाइ छ ।

 

कू