
सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लगि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ । यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ पनि तोलामा रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०१५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँ बढेर ३०६५ रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।