२०८२ फाल्गुन २५ , सोमवार

रामकुमारी झाँक्री समूह एमालेमा फर्किँदै

ramkumari-1661089905

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा  ( एमाले ) ले आज ‘घर फर्क’ राष्ट्रिय अभियान घोषणा गर्दैछ । दिउँसो साढे २ बजे राष्ट्रिय सभागृहमा घोषणा सभा आयोजना गरिएको हो । एमाले फर्कने तयारीसहित आज ( सोमबार )  औपचारिक कार्यक्रममार्फत उनी एमाले फर्कने भएकी हुन्।

माधव कुमार नेपालसँग माओवादीसहितको एकतामा नगएका र घनश्याम भुसालसँग पार्टी पुनर्गठनमा समेत नलागेका केही नेताहरू एमालेमै फर्किने तयारीमा लागेका हुन्।  पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्ने जनाइएको छ ।

नेताहरु किसान श्रेष्ठ, अम्बर बहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिम्सिना, अर्जुन राई लगायतका करिब १०० जना नेताहरुले एमालेमा फर्किएको घोषणा गर्ने तयारीमा छ ।