२०८२ फाल्गुन २५ , सोमवार

रामकुमारी झाक्रीसहित नेताहरू आज एमाले फर्कंदै

Ramkumari-Jhakri

सुनाखरी न्युज/ काठमाडौं ।
रामकुमारी झाक्रीसहितका नेताहरू सोमबार एमाले फर्कंदैछन्।

राष्ट्रिय सभा गृहमा  सोमबार साढे दुई बजे एमालेले घर्क फर्क राष्ट्रिय अभियान सञ्चालन गर्दैछ। यही कार्यक्रममा झाक्रीसहित नेताहरू फर्कन लागेका हुन्।

निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, अर्जुन राई, गम्भीरलाल श्रेष्ठसहितका नेता एमाले फर्कन लागेका हुन्।

उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको एमाले नेताहरूले बताएका छन्।