२०८२ फाल्गुन २८ , बिहिवार

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । हालसम्म चार हजार १९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ६० प्रतिशत हाराहारीमा युवा पुस्ता रहेको जानकारी दिनुभयो । उहाँले निर्वाचन कार्यालयमा दैनिक दुई सयकोे हाराहारीमा नाम दर्ता भइरहेको बताउनुभयो । बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता छन । सो मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य छन् ।
रासस