२०८२ फाल्गुन २४ , आइतवार

हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग

nl_manang_4163_xjVcBze334

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसले हिमपहिरोमा परेका स्वदेशी तथा विदेशी पर्यटकको चाँडो उद्धार गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले आज एक विज्ञप्ती जारी गरी हिमपहिरोमा परि उद्धारको पर्खाइमा रहेका विदेशी पर्यटक तथा नेपाली नागरिकको यथाशीघ्र उद्धार गर्न र वेपत्ता भएकाको तत्काल खोजी गर्न माग गर्नुभएको हो । कांग्रेसले प्रतिकुल मौसमका कारण हालै नेपालका विभिन्न हिमालमा गएको हिमपहिरोमा परी निधन हुनुभएका स्वदेशी तथा विदेशी नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, मृत्यु भएका नेपाली नागरिकका परिवारलाई उचित राहतको प्रबन्ध गर्न कांग्रेसले सरकारलाई अनुरोध गरेको छ ।
रासस