२०८२ फाल्गुन २५ , सोमवार

राजनीतिमा संख्याले मात्र नहुने :महासचिव भूसाल

ghanshyam_bhusal_1661428650

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजनीतिमा संख्याले मात्र नहुने बताएका छन् । संख्याले मात्र हुने भए कांग्रेस र एमालेको सरकार जेनजी आन्दोलनबाट ढल्न नपर्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्री भागेर गुन्डुमा लुकेर बस्नुपर्ने अवस्था छ । अनि तिनले ट्याउट्याउ गरेर हुन्छ,’ भूसालले भने, ‘तिनी र म उस्तै हो । बरु म चाहिँ बाटोमा हिँड्दैछु । त्यसले गर्दा ठूलो र सानो, बहुमत र अल्पमतले मात्र हुन्न ।’ भूसालले पार्टी विभाजनका क्रममा संख्या हेरेर कित्ता हेर्ने दौडमा नकुद्न आग्रह गरे ।